खसी काटेकै शैलीमा युवकमाथि खुकुरी प्रहार, अबस्था गम्भीर


  • मोरङ २४,असोज । 

मोरङको केराबारीमा भाइलाई झापड हिर्काएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केराबारी–६ का होमबहादुर घिमिरे गम्भीर घाइते भएका छन् ।

घिमिरेले सोही ठाउँका १७ वर्षीय तेजु गिरीलाई झापड हानेपछि विवाद सुरु हुँदा गिरीका दाजु राजु गिरीले घिमिरेमाथि खुकुरी प्रहार गरेका थिए ।

गर्धनमा खुकुरी लागेका घिमिरेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गिरी फरार रहेकाले खोजी भइरहेको इप्रका, केराबारीले जनाएको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...