राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौँ २३ असोज।

दशैं मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट आजसम्म २२ लाख यात्रु बाहिरिएका छन् ।

उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष सरोज सिटौलाले तीन दिन— बिहीबार, शुक्रबार र शनिबार उपत्यका बाहिरिने यात्रुको सबैभन्दा बढी चाप रहेको र भोलिदेखि न्यून हुने बताए ।

उनका अनुसार आजमात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए ।

उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङलामु मार्ग र टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतिर गएका हुन् ।

महासचिव सिटौलाले तीन दिनको अवधिमा आजसम्म कुनै अप्रिय घटना नघटेको र विगतका दशैंभन्दा यो पटक यात्रु सहज तरिकाले गन्तव्यमा पुगेकोे दाबी गरे ।

दशैंलाई लक्षित गरी अहिले साना ठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । 
सामान्य अवस्थामा दैनिक एक हजार देखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...