इथियोपिया : भागदौडमा ५२ जनाको मृत्यु


एजेन्सी,१७ असोज । 

इथियोपियाको ओरोमिया क्षेत्रमा प्रदर्शनको क्रममा ५२ जनाको ज्यान गएको छ । घटनामा अन्य धेरै घाइते भएको प्रधानमन्त्री हाला मारियम डेसालनले बताए ।

धार्मिक पर्व चलिरहेको ठाउँमा भएको प्रदर्शनको क्रममा भागदौड हुँदा धेरैको ज्यान गएको हो । प्रदर्शनको क्रममा भएको भागदौडका कारण उनीहरुको ज्यान गएको र यसमा प्रदर्शनकारी नै जिम्मेवार रहेको प्रधानमन्त्री डेसालनले दाबी गरेको बिबिसीले जनाएको छ ।










प्रदर्शनकारीले उत्सव चलिरहेको ठाउँमा सरकारी सुरक्षाकर्मीले गोली चलाउँदा भागदौड भएको बताएका छन् । तर प्रधानमन्त्री डेसालनले भने सुरक्षाकर्मीले गोली नचलाएको दाबी गरेका छन् ।

राजधानी एडिस अबाबाबाट ४० किलोमिटर पर रहेको बिशोफ्तु शहरमा भएको उत्सवमा सरकारी अधिकारीले भाषण गर्न थालेपछि प्रदर्शनकारीले त्यसको विरोध गरेका थिए । त्यसपछि सुरक्षाकर्मीले गोली चलाएको र अवस्था नियन्त्रण बाहिर गएको प्रत्यक्षेदर्शीले बताएका छन् ।











सरकारले ५२ जनाको ज्यान गएको भने पनि घटनामा एक सय ५० भन्दा धेरैको ज्यान गएको विपक्षीले बताएका छन् । यस्तै एक ओरोमो कार्यकर्ता जबर मोहम्मदले झण्डै तीन सय जनाको ज्यान गएको बताएको बिबिसीले उल्लेख गरेको छ । घटनास्थलमा रहेका सुरक्षाकर्मी र हेलिकप्टरमा रहेका सुरक्षाकर्मीले पनि गोली चलाएको मोहम्मदले बताए ।










तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । अमेरिकाले आइतबार राति प्रदर्शनकारीमाथि सरकारी सुरक्षाकर्मीले बल प्रयोग गरेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...