सरकारले दशैंअगाडि संविधान संशोधन विधेयक नल्याउने

काठमाडौं,१७ असोज ।

सरकारले दशैंअगाडि संविधान संशोधन विधेयक नल्याउने भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार सरकारले यो अधिवेशनमा संविधान संशोधन विधेयक नआउने जानकारी गराएको छ ।

सरकारले निर्वाचन कानुन सम्बन्धी तीन वटा विधेयक भने संसद सचिवालयमा दर्ता गराएको छ । यो भोलिको संसद बैठकमा पेश हुने बताइएको छ ।

मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक नल्याएर सरकारले आफूहरुलाई ढाँटेको टिप्पणी गरेको छ । मोर्चाले अब सरकारलाई विश्वास गर्ने आधार समाप्त हुन लागेको बताएको छ ।

मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले भने-‘सरकारले हामीलाई कहिले प्रधानमन्त्री दिल्ली जानुअघि संविधान संशोधन बिधेयक दर्ता गर्ने भन्यो, कहिले दशैंअघि भन्यो । अहिले आएर केही पनि गरेन,अब विश्वास गर्ने ठाउँ रहेन ।’

स्रोतका अनुसार संविधान संशोधन सन्दर्भमा कांग्रेस र माओवादीभित्रै कुरा मिलेको छैन । सत्तापक्षमै कुरा नमिलेकाले सरकारले एमालेसँग यसबारेमा छलफल गर्न सकेको छैन ।

संविधान शंसोधनको मुख्य विषय प्रदेशहरुको सीमांकन पुनरावलोकनमा सरकारमा सहभागी दलबीचमै कुरा नमिलेकाले अहिले विधेयक आउन नसक्ने जानकारी प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेतालाई दिएका छन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...