हङकङमा नेपालीबीच झडप, प्रहरीले गोली चलाउँदा २ घाइते

काठामाडौं, १६ असोज ।

हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । 
गोली लागेर दुई जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ ।
घाइतेहरुको परिचय भने खुलाइएको छैन । घटनाको कारण खुलेको छैन र विस्तृत विवरण आउन पनि बाँकी छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...