हेटौँडाको बेलडाँडामा यात्रुबाहक बस दुर्घटना, हुँदा तीन जनाको मृत्यु, ५० घाइते

हेटौँडा, १६ असोज । 

मकवानपुरको हेटौँडा १३ बेलडाँडामा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको बताएको छ ।

हाँडीखोला २ मकरीबाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नंबरको बस हेटौँडा १३ बेलडाँडामा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा चार वर्षका प्रमिस लामिछाने तथा २५ वर्षका सुर्यबहादुर तामाङ रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाईते भएका ५० भन्दा धेरै व्यक्तिलाई चुरे हिल अस्पताल हेटौँडामा ल्याइएको अस्पतालका डाक्टर सुन्दर श्रेष्ठले बताए । एक सय भन्दा बढि यात्रु सवार ओरालो सडकमा बस पल्टिएको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले बताईन् ।

बसले च्यापिएका घाईतेहरुको उद्धार जारी रहेको चौधरीले बताइन । अहिले हेटौँडाको चुरेहिल अस्पतालमा घाईते तथा आफन्तको भिड छ । थप आउन बाकि छ ....

, ,

प्रतिकृया दिनुहोस्

Loading...