दुईसय खसीबोका काठमाडौँ ल्याइयो

दाङ, १८ असोज ।

दसैँका लागि नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले २०० खसी तथा बोका काठमाडौँ पठाएको छ ।

कार्यालय प्रमुख शेखर पौडेलका अनुसार जिल्लाका विभिन्न स्थानबाट खसी तथा बोका खरिदका लागि कार्यालयले खरिद केन्द्र स्थापना गरेको थियो ।

जिउदो खसी २५ किलोभन्दा माथिको प्रतिकिलो रु ३७५, २० देखि २५ किलोसम्मको खसीलाई प्रतिकिलो रु ३६० र १६ किलोदेखि माथिको बोकालाई रु ३५५ प्रतिकिलोका दरले खरिद गरिएको कार्यालयले जनाएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...