नेपाल र भारत प्रवुद्ध बैठक नयाँ दिल्लीमा सुरु हुँदै

काठमाडौं,१८ असोज ।

नेपाल र भारतबिच भएका सन्धि सम्झौता पुनरावलोकनका लागि गठित प्रवुद्ध समूहको बैठक भारतको नयाँ दिल्लीमा (आज) मंगलबार सुरु हुँदैछ ।

बैठकले सन् १९५० को सन्धिसहित अरु सन्धि सम्झौता पनि पुनरावलोकन गर्ने वा अध्यावधिक गर्ने भन्ने विषयमा संयुक्त प्रतिवेदन तयार पारी आआफ्ना सरकार प्रमुखलाई बुझाउने बताइएको छ ।

बैठकमा नेपालले १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयानुकुल संशोधन तथा पुनरावलोकन गर्ने विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ ।

तीन महिनाअघि नेपालमा बसेको प्रवुद्ध समूहको बैठकले अहिलेसम्मका सबै सन्धि तथा सम्झौता पुनरावलोकन गर्ने र आवश्यकता अनुसार अध्यावधिक गर्ने साथै राजनीतिक विषय, दुई देशबिचको सम्बन्ध, आर्थिक व्यापार, पारवहन लगायतका विषयमा काम बाँडफाँड गरेर अघि बढ्ने सहमति गरेको थियो ।

नेपालले हतियार तथा अरु सैन्य सामान किन्दा भारतको सहमति लिनुपर्ने, प्राकृतिक स्रोतसाधनमा भारतलाई प्राथमिकता दिने तथा गोर्खा भर्तिको विषय सम्बन्धी प्रावधान संशोधन गर्न चाहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...