विषालु सर्पको डसाइबाट महिलाको मृत्यु

गौशाला, २८ असोज । 

महोत्तरीको मटिहानी गाविसमा गएराति विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मटिहानी–१ बस्ने ३८ वर्षीया हलिमा खातुन रहेकी छिन् । हिजो साँझ घर नजिकैको वनमा घाँस काट्न गएकी हलिमालाई गोमन सर्पले टोकेको थियो । 

उनलाई राति नै उपचारका लागि भारत बिहारको दरभङ्गा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका ससुरा अघनु कवारीले बताए।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...