२ स्थानमा सवारी दुर्घटना, एक बालकसहित २ को मृत्यु

मोरङ २४ असोज ।

मोरङको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ । जिल्लाको डाइनिया–७ स्थित विराटनगर–डाइनिया भित्रि सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २९ पा ४०६ नं को मोटसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ७ प ५७८५ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । 

सो दुर्घटनामा बा २९ प ४०६ नंको मोटरसाइकलका चालक मोरङ उर्लाबारी–६ बस्ने २२ वर्षीय शम्भु मोहलीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

को ७ प ५७८५ नंको मोटरसाइकलका चालक मोरङ बरडंगा–९ बस्ने २९ वर्षीय सन्तोषकुमार सिंह र पछाडि सवार सोही ठाउँका २८ वर्षीय सचेन्त्रकुमार सिंह सामान्य घाईते भएका छन् । दुवै मोटरसाइकललाई प्रहरी चौकी डायनियाले नियन्त्रणमा लिएको छ । 

यस्तै, जिल्लाकै पथरी शनिश्चरेमा बोलेरो जिपको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

पथरीशनिश्चरे –९ स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा १३ च ८३५३ नम्बरको बोलेरो जिपको ठक्करबाट पैदलयात्री तेह्रथुम आम्बुङ –९ का ४ वर्षिय बालक प्रतिक मगरको घटनास्थलमै मृत्यु भएको हो । 

ठक्कर दिने जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...