वर्षको एकदिनमात्रै खुल्ने तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं २४ असोज।

एक वर्षमा एकदिन मात्रै बडादसैंको नवमीका दिनमात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर सोमबार बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । दर्शनार्थीहरुको बिहानैदेखि ठूलो भीड लागेको छ ।

नेवार समुदायको इष्टदेवीकारुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन् ।मल्ल राजाहरुको इष्टदेवीकारुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिसिंह देवले उपत्यकामा ल्याएका हुन् ।

सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।

बसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायतका ठाउँमा पनि तलेजु भवानीको पूजा–आराधना गरिन्छ ।

राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भएपनि पछि वि।सं। १६२० मा महिन्द्र मल्लले भव्य मन्दिर बनाएका हुन् ।

यही मन्दिरको माथिल्लो तलाबाट राजा महिन्द्र मल्लले जनताको घरमा धुरीबाट धुवाँ निस्किएको हेरेपछिमात्र खाना खाने गरेको किम्बदन्ती छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...