आज घर घरमा फूलपाती भित्राउने दिन


  • काठमाडौं २२ असोज।

आज दसैंका सातौ दिन । हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घरमा फूलपाती भित्र्याउँदै छन् ।

घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैघर अथवा पूजाकोठामा शुभसाइतको प्रतिकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत फूलपातीका रुपमा भित्र्याउने गरिन्छ ।

ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकीको गरी नौ देवीलाई आह््वान गरेर पूजा पनि गरिन्छ ।

गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै फूलपाती काठमाडौँको जमलसम्म आजै ल्याइदैछ । 

गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागर्जुको टोली, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करले ल्याउने विधिपुर्वक फुलपातीलाई हर्षबढाइका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ ।

आज विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको समेत पूजा गर्ने प्रचलन छ भने कृषकहरुले खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने चलन छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...