१५ दिनदेखी हराइरहेका ९ मा पढ्ने महतारा अझै भेटिएनन्

काठमाडाैँ २१ असाेज।

जाजरकाेट नायकवाडा-८ घर भई हाल काठमाडाैं शंखमूल रहेको साहारा नेशनल स्कुल कक्षा ९ मा अध्ययनरत ध्रुबराज महतारा असाेज ६ गतेदेखि हराइरहेका छन् ।

मामा प्रभात चलाउनेका अनुसार असाेज ६ गते काेठबाट निस्केका १५ वर्षीय महताराकाे अहिलेसम्म अत्ताेपत्ताे लागेकाे छैन । 

सम्भावित ठाउँमा अाफन्त र प्रहरीले खाेजी गरेपनि उनीबारे केही सूचनासमेत नपाएकाे अाफन्तले बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सचिव चलाउनेसँगै बसेर महताराले वर्षदेखि पढिरहेका थिए ।

महताराबारे कुनै जानकारी पाएमा प्रहरी कार्यालय तथा फाेन नम्बर ९७४८०४१४२७/९८५११४०४३१ मा खबर गरिदिनुहुन परिवारले अाग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...