माओवादी केन्द्रको राष्ट्रिय भेला मंसिर २ गते सर्‍यो

काठमाडौं, २८ असोज । 

नेकपा माओवादी केन्द्रले कार्तिक १० र ११ गते काठमाडौंमा गर्ने तयारी गरेको राष्ट्रिय भेला मंसिर २ गतेलाई सार्न भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यालयको बैठकले राष्ट्रिय भेला सार्ने निर्णय गरेको हो । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तालाई ध्यान दिँदै राष्ट्रिय भेला सार्ने निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले बताइन ।

प्रवक्ता भुसालले भनिन्, ‘मधेसी, थारु, जनजाति लगायतका आन्दोलनरत पक्षसँग वार्ता र छलफल गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको कामको चापलाई ध्यान दिँदै भेला सार्ने निर्णय भएको हो ।’ 

केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डको शनिबारबाट हुने भारत गोवा भ्रमणबारे ब्रिफिङ गरिएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति, श्रीलङ्काका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम तय भएको जानकारी गराइन ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...