जीवन विज्ञान योग प्रयोगशाला उद्घाटन

इटहरी, २० असोज ।

जीवन विज्ञान केन्द्र, इटहरीको ध्यान योग प्रयोगशालाको सांसद एवम् पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले आज बिहान उद्घाटन गरे । 

योग र ध्यानमार्फत मानिसको जीवनमा सुख, शान्ति र समृद्धि हुने विश्वास व्यक्त गर्दै उनले प्रयोगशालामा सहभागी सबैले आफ्नो जीवन सुखी बनाउन ध्यान दिन आग्रह गरे । 

कार्यक्रममा सुनसरी क्षेत्र नं २ का सांसद रेवतीरमण भण्डारीले जीवनको आन्तरिक पाटोलाई सबल बनाउन जीवन विज्ञानले मद्दत गर्ने बताए। 

मानिसभित्र रहेका सम्भावना खोतल्न र मानिसले आफूले आफैँलाई भिन्नै बनाउन तीन महिनादेखि इटहरीमा योग ध्यान गराइरहेको प्रयोगशालाका प्रशिक्षक लेखनाथ घिमिरेले बताए। 

इटहरी केन्द्रमा घिमिरेलगायत बालिका भट्टराई, शेखर ढकाल र रञ्जना खतिवडा प्रशिक्षक रहेका छन् । केन्द्रबाट अहिले दिनहुँ ६० जनाले योग ध्यानबाट लाभ उठाइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...