‘संविधानलाई सर्वस्वीकार्य बनाउनु अहिलेको मुख्य कार्यभार’

बर्दिवास, २० असोज ।

नेकपा (माओवादी केन्द्र)का सचिव गिरिराजमणि पोखरेलले संविधानलाई सर्वस्वीकार्य बनाउनु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन्।

आफ्नै निर्वाचन क्षेत्र बर्दिवासमा आज बडादशै, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यही मुख्य कार्यभारबाट निर्देशित भएर अहिलेको सरकार संविधान प्रक्रियामा जुटेको बताए ।

संविधान निर्माण र घोषणा ऐतिहासिक उपलब्धि भए पनि मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गरे मात्र संविधानप्रति सबैको अपनत्व हुने बताए।

संविधानको सफल कार्यान्वयनका लागि नै संशोधनको आवश्यकता परेकाले यसबारे नेकपा (एमाले) लगायत दलहरु सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा पत्रकारको जिज्ञासामा पूर्वमन्त्री पोखरेलले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव चाँडै नै व्यवस्थापिका–संसद्मा दर्ता हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Loading...