परराष्ट्रमन्त्री डा प्रकाशशरण महत स्वदेश फिर्ता
काठमाडौँ, २५ असोज ।
परराष्ट्रमन्त्री डा : प्रकाशशरण महत एसियन कोअपरेसन डाइलग (एसियाली मञ्च)को दोस्रो सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
थाइल्यान्डको बैंककमा भएको सो सम्मेलनमा भाग लिन नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शुक्रबार उनि त्यसतर्फ गएका थिए।
एसियाका ३४ देशको सहभागिता रहेको सो सम्मेलन गत आइतबारदेखि बैंककमा सुरु भएको थियो ।
उनिसँगै फर्किएका परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी पनि सो सम्मेलनमा सहभागी थिए ।
प्रतिकृया दिनुहोस्
Loading...