कांग्रेस नेता पौडेलले भने स्थानीय निकायको निर्वाचन जरुरी छ

पाल्पा, २१ असोज ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन जरुरी भएको बताएका छन्।

नेपाल तरुण दल क्षेत्र नं– १ ले यहाँ आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उनले संविधान लागू गर्नका लागि स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्नेमा जोड दिए।

नेता पौडेलले संविधानले सबै जातजातीको हक अधिकारलाई सुरक्षित गरेको बताउँदै मधेसी दलको केही मुद्दालाई संविधानमा संशोधन गर्नुपर्दछ भने ।

दलित, महिला, मजदुरलाई अधिकार दिने काम काँग्रेसले गरेको बताउँदै उनले हतियारको राजनीति होइन काँग्रेसले सदैव विचारको राजनीति गर्दै आएको बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...