अर्जेन्टिनालाई मेस्सीको अभाव, पेरुसँग पनि बराबरी

काठमाडौँ २१ असोज ।

विश्वकप छनोट अन्तगर्त शुक्रबार भएको खेलमा अर्जेन्टिना र पेरुको खेल बराबरीमा सकिएको छ । घरेलु मैदानको फाइदा उठाउँदै पेरुले अर्जेन्टिनाको अंक खोस्न सफल भयो ।

पहिलो हाफ सकिदासम्म अर्जेन्टिनाले १ – ० ले अग्रता लिएको थियो । रमिरो फनेस मोरीले १५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् ।

पेरुका पाउलो गरेरोले ५८ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाए । अर्जेन्टिनाका लागि गान्जालो हिगोइनले ७७ औं मिनेटमा गोल गर्र्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन ।

८४ औं मिनेटमा पेरुले पेनाल्टी पायो । पेनाल्टीमार्फत क्रियस्टन किएभाले गोल गर्दै खेल बराबरी बनाए । 

मेस्सी बिना मैदानमा उत्रिएको अर्जेन्टिनाले यसअघि भेनेजुएलासँग पनि बराबरी खेलेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...