सरकार सुरक्षा नीति परिमार्जनको तयारीमा छ : रक्षामन्त्री

भक्तपुर, १८ असोज ।

रक्षामन्त्री बालकृष्ण खाँडले बिगतको सरकारको पालोमा तय गरेको सुरक्षा नीति अपुरो रहेकाले परिमार्जनको तयारी भइरहेको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले बिगतमा नेपालको सुरक्षा नीतिका बारे ब्यापक छलफल नभई आएकाले अपुरो रहेको भन्दै देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीतिको परिमार्जनको तयारी भईरहेको बताए ।

नेपालको सुरक्षा अवस्था मजबुद रहेता पनि भैपरि आउन सक्ने राष्ट्रिय खतरा तर्फ सचेत रहँदै प्रतिरक्षा नीति निर्माण गर्न आवश्यक रहेको भन्दै उनले नेपाली सेना र नेपालको सुरक्षा नीतिलाई आधुनिकिकरण गर्नु पर्ने र त्यसमा सरकार लागि परेको बताए ।

उनले सार्क फोरमकै मूलुक माझ द्वन्द्व बढेको सन्दर्भमा नेपाल सार्कमूलकको अध्यक्षको नाताले द्वन्द्वको अन्त्य गर्दै सिघ्र सार्क सम्मेलन गर्न नेपाल सरकार प्रयासरत रहेको बताए ।

उनले नेपाली भूमि कुनै पनि मूलुकको बिरुद्ध प्रयोग गर्न नदिने र कुनै पनि आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा सजग रहेको समते बताए।

देश संघिय स्वरुपमा गईसकेको अवस्थामा नेपाली सेनाले आफूलाई संघिय ढाँचा अनुसार पुर्नसंरचना गर्ने कार्यलाई तिब्रता दिइरहेको मन्त्री खाणले बताए ।

राजनीतिक प्रसंगमा उनले तोकिएकै समयमा तीनै तहको निर्वाचन गर्नु प्रमुख दलहरुबीच सहमतीको लागि संवाद भइरहेको र दशैं तिहारका पछि छलफललाई मूर्त रुप दिँदै संबिधान संशोधन बिधेयक संसदमा प्रस्तुत् गर्ने तयारी भईरहेको बताए ।

उनले संबिधान संशोधन पश्चात मधेशी दलहरुलाई सहमतीमा ल्याएर संबिधानको कार्यान्वयनमा सहजता ल्याउने र तोकिएकै समयमा निर्वाचनको वाताबरण तयार हुने समेत दाबी गरे ।

हाल सम्म पनि काँग्रेसले राज्य मन्त्री पठाउन नसक्नुको पछाडी आफ्नो दलमा छलफल जारी रहेको भन्दै अवको केही दिनमै यसले पूर्णता पाउने बताए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बिषयमा जसरी बाहिर अनाहाकको हल्ला गरिएको छ त्यो गलत भएको र नेपालको हित बिपरित कुनै काम नगरेको समेत उनले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...