‘कलम यसरी चिप्लियो’ र ‘मनको यात्रा’ बजारमा

काठमाडौँ, १५ असोज ।

साहित्यकार अशोक शोकीले लेख्नुभएको ‘कलम यसरी चिप्लियो’ र ‘मनको यात्रा’ नामक कविता सङ्ग्रह आजदेखि बजारमा आएको छ । 

आज आयोजित एक कार्यक्रमकाबीच निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त केशवराज राजभण्डारीले विमोचन गरेको सो कविता सङ्ग्रहमा समाजका वास्तविक घटनालाई आधार मानेर कीरादेखि देवतासम्मलाई दुःख हुन्छ र यो संसार दुःखको खानी हो भन्ने आभास दिन खोजिएको छ । 

२०६० सालदेखि साहित्य यात्रामा अथक परिश्रम गर्दै आउनुभएका शोकीको मेरो देश चर्चित पुस्तक मध्येका रहेका छन् । 

कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त राजभण्डारीले अशोक एक सामान्य काव्य रचनाकार मात्र नभइ उनले देश र साहित्यिक क्षेत्रमा गरेको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको बताए । 

वरिष्ठ चलचित्र निर्देशक नीर साहले साहित्यकार अशोकले नेपालको साहित्यलाई समृद्ध गर्न गरेको योगदान बिर्सिन नसकिने हुन भन्दै मानिसको जीवनको एउटा विन्दुमा आइपुगेपछि सो विश्लेषण सुरु हुने बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...