अरब नेतृत्वको गठबन्धन सेनाद्वारा हवाई आक्रमण, १ सय ४० को मृत्यु















  • एजेन्सी २३ असोज ।

यमनको राजधानी नजिक साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गर्दा एक सय ४० जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।

आक्रमणमा सयौ अन्य घाईते भएका छन् ।

हुति विद्रोहीलाई लक्षित गरी आक्रमण गरिएको भनिए पनि मारिने धेरै सर्वसाधारण भएको बताईएको छ ।

हुति विद्रोहीका गृहमन्त्रीको बुवाको अन्तिम संस्कारको समयमा आक्रमण गरिएको थियो ।

समाचार एजेन्सी एपीले आक्रमण स्थलमा रगतको नहर बगेको जस्तो देखिने भन्दै अरु धेरै मानिसको हताहती भएको हुन सक्ने अनुमान गरेको छ ।

साउदी गठबन्धन सेनाले अहिले सम्म ६ हजार भन्दा बढी मानिसको ज्यान लिईसकेको छ ।

सन् २०१४ मा हुति विद्रोहीले राजधानी सना कब्जा गरे पछि गठबन्धन सेनाले आक्रमण थालेको थियो ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...