एसिया कप : श्रीलंकासँग पनि नेपालको फितलो ब्याटिङ


  • काठमाडौं, १३ मंसिर ।

थाइल्यान्डमा चलिहेको एसिया कप ट्वेन्टीट्वेन्टी महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले १६ ओभर २ बलमा अल आउट हुँदै २३ रन मात्र बनायो ।

जवाफि ब्याटिङ गरेको श्रीलंकाले ४ ओभर ३ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालकी ज्योति पाण्डेले ३९ बलमा १६ रन बनाउनुबाहेक अरुको ब्याटिङ निकै फितलो रह्यो । नेपालका सातजना खेलाडी खाता नखोलि आउट भए । सीता रानामगरले ८ बलमा ४ रन र रुबिना क्षेत्रीले १४ बलमा १ रन बनाइन् । दुई बल खेलेकी सरस्वती कुमारी खाता नखोली नटआउट रहिन् ।

श्रीलंकाकी सुगन्धिका कुमारी र इनोका रानावेराले तीन तीन विकेट लिए । ओसादी रानासिंघेले दुई विकेट लिइन् । नेपालकी रुबिना क्षेत्री र करुना भण्डारीले एक एक विकेट लिए ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटले र श्रीलंका पनि पाकिस्तानसंगै ८ विकेटले हारेको थियो । टेष्ट मान्यताप्राप्त श्रीलंका महिला क्रिकेटको विश्ववरियतामा आठौं स्थानमा छ ।

नेपालको श्रीलंकासँग यो दोश्रो हार हो । सन् २०१२ मा भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग २० रनले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...