मोटरसाइकल दुर्घटनामा ग्रामीण विकास बैंकका कर्मचारीको मृत्यु

काठमाडौं, १३ मंसिर ।

मोटरसाइकल दुर्घटना हुँदा नेपाल ग्रामीण विकास बैंक इलाका कार्यालय तुलसीपुर दाङमा कार्यरत तर्कबहादुर वलीको ज्यान गएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका दाङ फूलबारी निवासी तर्कबहादुरको उपचारका क्रममा सोमबार बिहान ज्यान गएको हो ।

गएको बिहीबार दिउँसो तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गर्दा बाँकेको बाघखोर नजिकै मोटरसाइकल दुर्घटना भएको थियो । उनको भारतको लखनउमा उपचारका क्रममा ज्यान गएको हो ।

तर्कबहादुर आफैले चलाएको भे ४ प ६३८२ नम्बरको मोटरसाइकल दुर्घटनापछि उनी अचेत अवस्थामा फेला परेका थिए।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...