को हुन् तरुण दल महामन्त्रीका उम्मेदवार बाबुराम अचार्य ?

केहि समय अगाडी नै उम्मेदवारी घोषणा गरेका आचार्य सुनसरीबाट काँग्रेस राजनीति गर्दछन् । महामन्त्रीमा विजयी भए दरुण दललाई अझ सशक्त र प्रभावकारी रुपमा पार्टीको भातृ संगठनलाई लैजाने दाबी गरेका आचार्य एक नीडर, प्रखर, पद पाउनका लागी चाकडीलाई मन नपराउने युवाभित्र पर्छन ।
युवाहरुको भूमिका मूलूकलाई आवश्यक पर्दा प्रयोगबादीमा मात्र सीमीत भएको दाबी गर्ने आचार्य आफू खाडी राष्ट्र जाने युवाहरुलाई मुलुकमै रोजगारको बैकल्पीक ब्यबस्था गरेर रोक्ने अभियानमा लाग्ने बताउछन् ।
आचार्यले रुवदेशमै रोजगारीका अवशर दिन प्रयास गर्ने, ब्यावसायिक तालिमको ब्यावस्था गर्न पहल गर्ने, रोजगारका लागी विदेश जाने प्रवृतीलाई निरुत्साहित गर्ने र युवाहरुलाई आफ्नै देशमा रोजगारीको अवसर उपलब्ध गराउने लगायतका प्रतिवद्धता ब्यक्त गरेका छन् ।
माओवादी जनयुद्धका बेला आचार्यलाई काँग्रेस भएकै कारण पटक पटक अपहरण गरेर मार्ने प्रयास गरेको समाचार तत्कालिन सञ्चारमध्यममा आएको थियो ।
सुनसरीको क्षेत्र नम्बर ५ का गरिजाप्रसाद कोईरालाको बिश्वासिला काँग्रेसी आचार्य तरुणदलका नेता बालकृष्ण खाँड, उदय शम्सेर राणा लगायतको नजिक भएर काम गरिरहेको बताईन्छ ।
पछिल्लो समयमा शुसिल कोईरालासंगको सम्पर्कमा नजिक भएका आचार्यले अफर आएपनि लाभको पदहरु लिने कामहरु गरेका छैनन् ।
नेबिसंघबाट तरुणदलमा प्रबेश गरेको बताउने आचार्य डेढ दशकबाट काँग्रेस भएका र नेताहरुसँग राम्रो सम्बन्ध भएपनि पार्टीको कुनैपनि पद नमागेको दाबी गर्छन् ।
तरुण दलको बिषयमा राम्रो अध्ययन गरेका बाबुराम आचार्य माओबादी र कम्न्युष्टहरुप्रति खरो रुपमा प्रस्तुत हुन्छन् ।
तरुण दल बुझेकोलाई पद दिनुपर्ने मान्यता राख्ने आचार्य चाकडीबाज, गुणगर्दी, रुपैंयाँ पैसाको चलखेल र हनुमान प्रबृतिले पार्टीलाई पछाडी पारेकोमा चिन्तित छन् ।
साथै स्वच्छ छवि भएको समेत दाबी गर्ने आचार्य आफूमात्र तरुणदलको महामन्त्रीको शसक्त दाबेदार भएको दाबी उनको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
