नेपाल बन्दकाे पुर्व सन्ध्यामा विप्लव माओवादीको देशभर मसाल जुलुस

काठमाडौँ २७ कात्तिक ।
महंगी, कालोबजारी मुल्यवृद्धिको विरोध एवं खाद्य सम्प्रभुत्ताको अधिकार स्थापनाका लागि भन्दै नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा माअाेवादीले कार्तिक २८ गतेकाे नेपाल बन्दको पुर्व सन्ध्यामा देशभर मशाल जुलुश गरेकाे छ ।
बन्दको पूर्व सन्ध्यामा आज देशका विभिन्न जिल्लाहरुमा मशाल जुलुश निकालेको हाे ।
माअाेवादीले बन्दको पूर्व सन्ध्यामा देशभरबाट अाफना सयौ नेता कार्यकर्ता पक्राउ गरेको भन्दै विरोध समेत जनाएको छ ।
शनिबार पनि कलंकीबाट सूर्य भुजले सहित ठाउ ठाउबाट कार्यकर्ताहरु पक्राउ गरेको माओवादीले जनाएको छ।
माओवादीले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार समेत खोल्दै सरकारले पोष्टर बाड्ने , पर्चा छर्ने नेता कार्यकर्तालाई गिराफ्ता गर्नु अलोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छ ।
२८ गतेको बन्द बिहान ६ बजेदेखि अपरान्ह ४ बजे सम्म कायम रहने माओवादीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
