लोडसेडिङ हटाउने कुलमानलाई कार्यालय छिर्न नदिने कर्मचारीको चेतावनी (बिज्ञप्तिसहित)


काठमाडौं, २६ कात्तिक । 

लोडसेडिङ हटाएर जनतालाई राहत दिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् । 

प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । 

बिज्ञप्तिमा भनिएको छ ‘ संस्थाको जिम्मेवारीमा रहेका प्रमुखले कसैसंग सल्लाह नगरी एकलौटी रुपमा काम गरेको भनिएको छ ।’ 

प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनको संयुक्त बिज्ञप्तिमा सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ठ उपाध्यक्ष रामकुमार थेबेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘ मिडियामा एकापक्षिय समाचार संप्रेशन गर्न लगाएको, संस्थाको वरपर विभिन्न व्यक्तिहरु जमघट गराई कार्यालय वातारवरण खलबल्याएको बताईएको छ ।

त्यस्तै यस बिषयमा कर्मचारीले कुरा उठाउँदा विभागीय कारबाही गर्ने धम्की दिँदै कर्मचारीहरुको मनोबल गिराउने कार्यमा लागेको घिसिङमाथि आरोप लगाइएको छ ।

पटक-पटक लिखित तथा मौखिक रुपमा समस्या समाधान गर्न आग्रह गर्दा पनि संस्थाका प्रमुख आफै गैह्रजिम्मेवार भएर टे्रड युनियनका अध्यक्ष तथा पदाधिकारीलाई उल्टै गिरफ्तार गराएको कर्मचारीहरुको अरोप छ ।

प्राधिकरणको विवाद समाधान गर्न आग्रह गर्दा समेत अटेर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




, ,

प्रतिकृया दिनुहोस्

Loading...