सय दिन पुरा भएको अवसरमा प्रधानमन्त्रीले आज विषेश सम्बोधन गर्दे



काठमाडौँ २६ कात्तिक  ।

सरकारले सय दिन पुरा गरेको अवसरमा प्रधानमन्त्री पुुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

दिउसो ४ बजेपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारबाट विषेश सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

उनले प्रधानमन्त्रीको सम्बोधनमा समेटिने विषयहरु भने गोप्य राखिएको बताए । 

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले सरकारले सय दिनमा हाँसिल गरेका उपलब्धी, संविधान सशोधनमा भैरहेको प्रगती तथा निर्वाचनका विषयमा सरकारको धारणा सार्वजनिक गर्ने छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...