सुनको भाउ १४ सय घट्यो, भारु प्रतिबन्धको प्रभाव विस्तारै कम हुँदै



  • काठमाडौ २५ कात्तिक ।
नेपाली बजारमा बिहीबार एकै दिन सुनको भाउ तोलामा एक हजार ४ सय रुपैयाँ घटेको छ । भारत सरकारले ५ सय र एक हजार दरका भारतीय नोट चलनचल्तीमा लगाएको प्रतिवन्ध र अमेरिकाको राष्ट्रपतिय निर्वाचनका कारण एकै दिन तोलामा एक हजार ३ सय वढेको सुनको भाउ फेरी आज एक हजार ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ८ सय, तेजावी ५६ हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

अघिल्लो दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला ५८ हजार २ सय, तेजावी सुन तोलामा ५७ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको थियो । 

मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो भने तेजावी सुन तोलाको ५६ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।

महासंघका अनुसार भारतीय नोटमा लगाइएको प्रतिवन्धले भारत लगायतका मुलुकमासुन खरिदकर्ता वढ्दा अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको थियो । 

त्यसको असर नेपाली बजारमा समेत परेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । तर, बिहीबारवाट पुन सहज हुन थालेकाले बजारमा माग कम हुँदा भाउ समेत घटेको उनले बताए ।

‘डिमाण्ड र सप्लाईविचको अन्तरका कारण मुल्य घटवढ हुने हो’, शाक्यले भने, ‘एकातिर भारतीय ठूला नोटमा लगाइएको प्रतिवन्ध र अमेरिकी राष्ट्रपतिय निर्वाचनले गर्दा हिजो एकै दिन १३ रुपैयाँ बढेको हो ।’ तर, भारत सरकारले आफ्ना मुलुकमा त्यस्ता नोटको सटही व्यवस्था गरेको, त्यो निर्णयको प्रभाव विस्तारै कम हुदै गएको र अमेरिकामा राष्ट्रपतिय निर्वाचन समेत सकिएकाले बजार सामान्य अवस्थामा फर्किएको उनले बताए ।

भारत लगायत अन्तर्राष्ट्रिय बजारमा भारु र अमेरिकी राष्ट्रपति निर्वाचनको अतंकले सुनमा लगानीकर्ता ह्वात्तै वढेको भएपनि आज भने अवस्था कम भएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...