टाउकोमा चक्कु प्रहार गरी दिउसै लुटियो व्यवसायीको साढे ९ लाख


  • कार्तिक, २५ नेपालगन्ज ।
नेपालगन्जमा दिउसै एक व्यवसायीको ९ लाख ६० हजार नेपाली रुपैया लुटिएको छ ।

रुपैडियाबाट नेपालगन्जतर्फ आउदै गर्दा आज बिहान करिब साढे ९ बजेतिर चौलिका चोकनजिक बिरेन्द्रनगर नगरपालिका ६ का मोहम्मद मियाज अली साईको पैसा लुटिएको हो ।

मोटरसाइकल बिग्रिएपछि बनाउदै गरेका साईको शरिरमा खुर्सानी धुलो छर्केर र ठाउँकोमा चक्कु प्रहार गरेर पैसा लुटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

चक्कु प्रहारबाट साइको टाउकोमा सामान्य चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता प्रहरी निरीक्षक विरबहादुर थापाले घटना शङ्कास्मद भएकाले अनुसन्धान भइहरेको बताउनुभयो ।

घाइते साईको मेडिकल कलेज नेपालगन्ज उपचार भइरहेको छ । लुटेराहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...