स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत पक्राउ



जनकपुरधाम १० मंसिर ।

स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउत पक्राउ परेका छन् । रंगभेदी विरुद्धको दिवस मनाउने क्रममा जनकपुरधामबाट डा.राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधामको शिब चौकमा आयोजित सभालाई सम्बोधन गर्न सुरु गरेपछि डा.राउतलाई कार्यक्रम स्थलबाट पक्राउ गरिएको हो ।

पत्रकार सुरेश यादबले दिएको जानकारी अनुसार सभालाई सम्बोधन गरेको एक मिनट नपुग्दै डा.राउतलाई पक्राउ गरिएको हो । पक्राउ परेका सिके राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...