जब ९२ वर्षीय वृद्धको यस्तो जोश देखेपछि सबै चकित

मोरङ, १३ मङ्सिर ।

९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ , लौरोको साहारामा भित्र बाहिर गर्छ । 

अथवा छोरा वा नातिको साहारामा बाँची रहेको हुन्छ ।

तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखाएका छन् । आफ्नो जीवनको उत्तरार्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेर फत्ते गर्नु हुन्छ ।

उनी साइकल चढेर हाट बजार गर्छन । उनले २५ वर्षको उमेरमा साइकल चढेका थिए । घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उनलाई घर परिवारले आग्रह गर्छन् । तर उनी मान्दैनन् । 

गाउँ वरपर हुने सभा सम्मेलनमा पुगिहाल्छन् उनी । यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आचश्र्यचकित हुने गरेका छन् । घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जीउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु, उनले भने ।

सुनामका अनुसार “साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ । शरीर तन्दुरुस्त पनि हुन्छ ।” साइकल सरर कुदाएको हेर्दा जो कोही छक्क पर्ने गरेको सुनामको अनुभव छ । 

अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्छन्। उनी भन्छन्“सडक विस्तार भएको छैन । तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ ।”

भोजपुर खावा–३ मा जन्मिएका सुनाम २०३५ सालमा उर्लाबारी झरेका थिए । सकुञ्जेल साइकल कुदाइरहने उनको भनाइ छ । “साइकल मेरो साथी हो, नकुदाइ बस्न सक्दिन । आँट भएसम्मको ठाउँ पु¥याउन मदत गर्छ, उनले भने । हालसम्म उनले एक दर्जन साइकल फेरिसकेका छन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...