जटिलता समाधानका लागि सबै दलको सहयोग आवश्यक छ :- सभामुख घर्ती

पर्सा, १३ मङ्सिर ।

सभामुख ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताएकी छिन् ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को आज समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गरे ।

उनले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान जटिलताको समाधान खोजिने बताए ।

पतञ्जलिले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल भारतको सम्बन्धलाई नयाँ आयाम थपेको सभामुख घर्ती मगरको भनाइ थियो ।

उनले पतञ्जलि योगपीठका संस्थापक योगगुरु स्वामी रामदेवले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिकसँगै आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाएको बताए।

स्वामी रामदेवले विश्वस्तरमै योगको अभ्यासलाई मुखरित गरी पूर्वी संस्कृतिको जगेर्नासँगै व्यक्तिलाई निरोगिता प्रदान गरेको भन्दै सभामुख घर्तीमगरले स्वामी रामदेवको कार्यको प्रशंसा गरे । स्वस्थ्य शरीरमा नै स्वस्थ्य सोचले बास गर्ने र स्वस्थ्य सोचले नै मानवता र समाजलाई भलो गर्न सकिने सभामुख घर्तीमगरले बताए ।

विगत पाँच दिनदेखि वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको समापन समारोलाई सम्बोधन गर्दै स्वामी रामदेवले राष्ट्रिय एकताले नै मुलुकलाई बलियो र समृद्ध बनाउने विचार व्यक्त गरे।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...