जनताको जनजिविकाका लागि अन्तिम संघर्ष हुन्छ - रणविर

काठमाडौं, १४ मंसिर ।

नेकपा (माओवादी)का पोलिट्यूरो सदस्य एवं पूर्वी ताम्सालिङ व्यूरो इन्चार्ज भरत बम 'रणविर'ले जनताको जनजिविकाको मुद्धामा आफ्नो पार्टीले अन्तिम संघर्ष गर्न लागिपरेको बताए । 

“जनता अन्तिम संघर्षमा छन् त्यसको नेतृत्व विप्लवको नेतृत्वमा रहेको माओवादीले गर्नेछ, यो अन्तिम लडाई हुनेछ,” रणविरले भने ।

कर्णालीले धेरै रग बगाएको र त्यसमा कालिकोट अग्रभागमा रहेकाले त्यो रगतको मुल्य जनताले चुक्ता गरिछाड्ने रणविरको दावी थियो । 

“परिवर्तनका लागि, स्वाधिनताका लागि अनि बैज्ञानिक समाजवाद निर्माण लागि जनताले निर्णायक क्रान्ति गर्दैछन् त्यसको नेतृत्वको नेकपा(माओवादी)ले गर्नेछ,” रणविरले भने ।

यस्तै कर्णाली व्यूरो इन्चार्ज एटमले माओवादी विभाजित हुँदा विरोधीहरुले जनतालाई सताउने र थप उत्पीडन गर्ने प्रवृतिका विरुद्ध पार्टीले निर्णायक संघर्ष थाल्ने विचार व्यक्त गरे । “जनयुद्ध अघिकै कथित संसदीय प्रवृतिमा रमाउन पाइन्छ भन्ने दलालहरुले सोचेका होलान् खवरदार जनताले फेरि अन्तिम धक्का दिँदैछन्” चेतावनी दिदै एटमले बताए ।

माओवादी केन्द्रीय सदस्य माइला लामाले जनताको जनजिविकाको मुद्धामा माओवादी सदैव संघर्षरत रहेको बताउँदै जनताको जित नहुँदासम्म निरन्तर लडिरहने प्रतिवद्धता व्यक्त गरे । “तपाईहरुसँग नेकपा माओवादी छ, कसैले दुःख दियो भने हाम्रो पार्टीलाई सम्झनु होला, माइला लामाले भने, जनताका बैरीहरुका विरुद्ध कालिकोटले पहिल्यै लड्न जानेको छ, फेरि पनि स्वाभिमानका लागि लड्छ ।”

उनले पार्टी निर्माण भएपछि जनतालाई धेरै दुःख दिनेहरु भाग्न थालेको बताए । “जनताको अन्तिम मुक्तिका लागि क्रान्ति गछौ, दमन गरे युद्ध हुन्छ,” लामाले भने । जिल्ला सेक्रेटरी समरको सञ्चालनमा भएको जनसभामा सामना सांस्कृतिक परिवारले जनप्रिय गित र नृत्यमार्फत क्रान्तिका सन्देश दिएका थिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...