डेढ किलो कोकिनसहित दुई मलेसियाली नागरिक पक्राउ

काठमाडौँ, १५ मङ्सिर ।

मलेसियन नागरिक एलिस जोसेफ र माजेन्ट हिरन राजनलाई अवैध लागूऔषध डेढ किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको छ । 

लागू औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले उनीलाई मङ्गलबार चाक्सीबारीस्थित एक होटलबाट पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले सो कोकिन ब्राजिलबाट युएई हुँदै काठमाडौँ ल्याइएको जानकारी दिए ।

काठमाडौँबाट सो कोकिन हङकङ पठाउने र त्यहाँ ‘म्याक्स’ नामका व्यक्तिले सो कोकिन लिने तयारी रहेको प्रहरीले जनाएको छ । जोसेफले सो कोकिन ल्याएर काठमाडौँमा राजनलाई दिन लागेको अवस्थामा ब्युरोले पक्राउ गरेको हो ।

त्यस्तै राजनले सो कोकिन हङकङ पु¥याएबापत दुई हजार मलेसियन रिङ्गेट अर्थात रु ५६ हजार पाउने प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम म्यादथप गरी अनुसन्धान भइरहेको छ । बरामद कोकिनको अनुमानित बजार मूल्य रु तीन करोड रहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...