सञ्चारमन्त्री कार्कीले गरे यस्तो खुलासा

सिन्धुली, १५ मङ्सिर । 

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेताले दह्रो खुट्टा नटेक्दा गणतन्त्र खतरामा पर्ने अवस्थामा आएको खुलासा गरेका छन्।

सिन्धुलीको जरायोटारलाई आज खुला दिसामुक्त गाविस घोषणा गर्दै उनले नेपाली जनताको वर्षौदेखिको बलिदानीपछि प्राप्त उपलब्धिलाई अबका नेताले गुमाउन लागेको आरोप लगाए ।

महिला, आदिवासी जनजाति, मुस्लिम, थारुलगायत उत्पीडनमा परेका समुदायले अधिकार माग्दैमा राज्यले खुट्टा कमाउन नहुने उल्लेख गर्दै उनले अधिकार माग्नेले राज्य नै नमागेका हुँदा अन्य जाति र समुदायले आत्तिनु नपर्ने बताए ।

उनले अबको दुई महिनामा सिन्धुलीको ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

सिन्धुलीको लाम्पान्टार गाविस–३ सिकारी डाँडामा नेपाल टेलिकमबाट टावर निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको गुनासो आएपछि अबको दुई महिनामा तिनपाटन र मरिण क्षेत्रका जनतालाई सञ्चार सुविधा पु¥याउने प्रतिवद्धता मन्त्रीबाट व्यक्त भएको हो ।

जरायोटार गाविससहित अहिलेसम्म जिल्लाका ४२ गाविसलाई खुला दिसामुक्त घोषणा गरिसकिएको छ । बाँकी आठ गाविस र दुई नगरपालिकालाई पनि खुला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको जिविसका वास फोकल पर्सन मल्लव अधिकारीले जानकारी दिए ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...