विप्लव माओवादीको बन्द प्रति मधेसी जनता पार्टीको समर्थन

- काठमाडौँ २८ कात्तिक ।
विप्लव माओवादीले आइतबार आब्हान गरेको नेपाल बन्दको मधेशी जनता पार्टीले समर्थान गरेको छ।
विप्लव माओवादीले जनताको जनसरोकारका बिषयलाई उठाउदै नेपाल बन्दको आब्हान गरेको हुनाले आफ्नो पार्टीले २८ गतेको बन्दको समर्थन गरेको पार्टीका केन्द्रीय अध्यक्ष महेश कलवारले इमान्दार मिडियालाई बताएका छन् ।
त्यस्तै उनले बन्दको पुर्ब सन्धयामा मुलुकभर माओवादीका नेता कार्यकर्तालाई गिरफ्तार गरिएको प्रति पनि घम्भिर आपत्ति जनाएका छन्।
लोकतान्त्रिक सरकारको यो कदम प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको कलवारलेल बताएका छन् । उनले तत्काल समपुर्ण क्रान्तिकारीहरुलाई बिनासर्त सम्मानपुर्बक रिहाइको समेत माग गरेका छन्।
त्यसतै सरकारको जनबिरोधी कदमको विरुद्ध आइतबारको नेपाल बन्दमा मधेसी जनता पार्टीले समर्थन गर्दै समपुर्ण नेताकार्यकर्तालाई बन्दमा सहभागिता भइ थप सफल पार्नका लागि निर्देशन समेत दिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
