प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता


  • काठमाडौँ, २७ कात्तिक ।
संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उहाँहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

संविधानमा तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन् । 

प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाएका छन् । 

यसै सन्दर्भमा सभापति देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटी संविधान संशोधनका विषयमा शुक्रबार छलफल गरेका थिए।

,

प्रतिकृया दिनुहोस्

Loading...