तरुण दलको महाधिवेशनको प्रचारमा मोटरसाइकल र्याली

  • पोखरा, २७ कात्तिक ।

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको आजदेखि सुरु हुने महाधिवेशनको प्रचारप्रसार एवम् सफलताको लागि आज पोखरामा मोटरसाइकल र्याली गरिएको छ । 

पोखराको पृथ्वीचोकबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

पार्टी सभापतिसहित वरिष्ठ नेता आउने भएपछि बिहान ८.०० बजेदेखि नै पोखरा विमानस्थलमा पार्टीका कार्यकर्ताको भीड लागेको छ । 

महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि हिजो साँझ नै पोखरा आइसकेको तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिए । 

महाधिवेशनमा लगभग एक हजार ४०० प्रतिनिधि सहभागी हुने र उद्घाटन सत्रमा १० हजार कार्यकर्ताको उपस्थिति रहने काफ्लेले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...