अमेरिकी राष्ट्रपति ट्रम्प विरूद्द सपथग्रहण अघी नै महाभियोग प्रस्ताव

- एजेन्सी २६ कात्तिक ।
अमेरिकामा डोनाल्ड ट्रम्पले अनपेक्षित रुपमा चुनाव जितेर राष्ट्रपति पदमा विजयी भएपछि यस अघि कहिल्यै नभएको सडक प्रदर्शन भएको छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचित भएपछि यति ठूला सडक प्रदर्शन भएको अमेरिकाको इतिहासमै पहिलो घटना हो । कुनै पनि नवनिर्वाचित राष्ट्रपतिलाई ‘हाम्रो राष्ट्रपति होइन’ भनेर अमेरिकामा सडक प्रदर्शन भएको थिएन तर ट्रम्पले नयाँ इतिहास कायम गरेका छन् ।
कतिपय अमेरिकीहरुले ट्रम्पलाई अझै पनि राष्ट्रपति बन्नबाट रोक्न सकिन्छ कि सकिँदैन भनेर बहस चलाइरहेका छन् । अहिले अमेरिकामा सबैभन्दा बढी (Can Donald Trump be impeached?) अर्थात ‘के ट्रम्पलाई महाअभियोग लगाउन सकिन्छ?’ भन्ने प्रश्न गुगल सर्च भैरहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकामा कुनै पनि राष्ट्रपति पदमा निर्वाचित ब्यक्तिले ३ कुरा भएको ठहर भएमा उ विरुद्ध महाअभियोग लगाउन सकिने प्रावधान संविधानमा रहेको छ । के हुन् त तीन कुरा ?
१- वास्तविक अपराध
२- शक्ति/ सत्ताको दुरुपयोग
३- सार्वजनिक विश्वास भंग हुनु
यी ३ मध्ये कुनै कुरा गरेको सावित भएमा अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएको ब्यक्तिलाई समेत पदमा जान नदिन वा पदमा रहेको भए हटाउन सकिन्छ ।
कतिपय हिलारी क्लिन्टनका समर्थकले अझै पनि ट्रम्पलाई महाअभियोग लगाएर उनलाई पदमा पुर्याउन सकिन्छ कि भनेर विचार गरिरहेको बताइन्छ । यद्यपी ट्रम्पमाथि साँच्चिकै महाअभियोग लागेपनि उपराष्ट्रपति माइक पेन्स राष्ट्रपति बन्नेछन् नकि हिलारी क्लिन्टन ।
एक जना चर्चित अमेरिकी प्राध्यापकले डोनाल्ड ट्रम्पलाई सपथ गर्नु अघि नै महाअभियोग लगाएर उनलाई अमेरिकी राष्ट्रपति बन्नबाट रोक्नु पर्ने भन्दै २३ पेज लामो प्रस्ताव सार्वजनिक गरेका छन् । ट्रम्पप्रति अमेरिकी जनताको विश्वास नरहेका कारण उनलाई पदमा जान दिन नहुने उनको भनाइ छ ।
अमेरिकामा महाअभियोग लगाउने २ प्रक्रिया छन् । तर यो प्रक्रिया त्यहाँको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले मात्र अघी बढाउन सक्छ । यो सदनले कुनै ब्यक्तिलाई दोषी वा दोषमुक्त घोषणा पनि गर्न सक्छ ।
कसरी लगाइन्छ त महाअभियोग ?
महाअभियोग लगाउनका लागि छानविन वा बहस शुरु हुन्छ । त्यसपछि सदनका सबै सदस्यको उपस्थितिमा मतदान गराइन्छ । संसदका बहुमत सदस्यले महाअभियोग लागेको ब्यक्तिलाई दोषी ठहर गरेमा मात्र उनीमाथि महाअभियोग लाग्छ । तर त्यसपछि पनि संसदको उपल्लो सदन अर्थात सिनेटले यो प्रस्तावलाई अनुमोदन नगरे सम्म ती ब्यक्ति पदमै रहन्छन् ।
सिनेटसँग पनि महाअभियोग प्रमाणित गर्ने वा सफाइ दिने अधिकार हुन्छ । सिनेटमा १०० जना सिनेटर मध्ये कम्तिमा २ तिहाइले महाअभियोगको पक्षमा मतदान गरेमा मात्र महाअभियोग प्रमाणित हुन्छ ।
यस्तो पृष्ठभूमिमा फेरि प्रश्न उठ्छः के डोनाल्ड ट्रम्पमाथि महाअभियोग लाग्न सक्छ ?
छोटोमा भन्दा निक्कै कम सम्भावना छ । यस अघि हिलारी क्लिन्टनका पति तथा तत्कालीन राष्ट्रपति विल क्लिन्टनमाथि पनि यौन दुराचारको अभियोग लागेपनि उनलाई सिनेटले सफाइ दिएको थियो । र अहिले त झन् संसदका दुवै सदनमा ट्रम्पकै पार्टी रिपब्लिकनको कब्जा छ । र रिपब्लिकन सांसद ट्रम्पसँग रिसाएको कुनै आधार देखिँदैन ।
युनिभर्सिटी अफ उथामा कानून विषय पढाउने प्राध्यापक क्रिष्टोफर लेविस पिटर्सनले एक २३ पेजको प्रस्ताव लेख्दै ट्रम्पलाई संसदमा महाअभियोग लगाउनु पर्ने आधार प्रस्तुत गरेका छन् ।
ट्रम्पले ट्रम्प विश्वविद्यालयमा गरेको अनियमितता लगायतका विभिन्न कुरामा आधारित रहेर उनलाई महाअभियोग लगाउने प्रयाप्त आधार रहेको उनको दावी छ । ट्म्पविरुद्ध किशोरी बलात्कार देखि विभिन्न मुद्धा चलिरहेका छन् यद्यपी अहिले सम्म कुनै पनि अभियोग प्रमाणित भने भएको छैन ।
प्रतिकृया दिनुहोस्
Loading...
