प्रधानमन्त्रीले दिए पूर्वी क्षेत्रका कार्यालय प्रमुखहरुलाई सामूहिक निर्दशन


  • कार्तिक २६, बिराटनगर।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी क्षेत्र र मोरङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई सामुहिक निर्देशन दिएका छन्।शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट बिराटनगर अाई पुगेका प्रधानमन्त्रीले सामूहिक निर्देशन दिएका हुन्।

निर्देशनमा क्रममा प्रधानमन्त्रीले भने, 'हामी विकासका दृष्टिले पछि परेका छौ। तर विकासका काममा खर्च गर्न सकिरहेका छैनौ। 

यो स्थितिको अन्त्य हुनुपर्छ। राष्ट्रिय गौरवका अायोजना समयभन्दा अगावै सम्पन्न गर्न म क्रियाशील छु। मैले देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्न विशेष निर्देशित गर्दछु।'

प्रधानमन्त्रीले थप्नभयो, 'प्रतिस्पर्धा गरौ। तर नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौ। समयमै गुणस्तरीय काम गर्ने अायोजना र कर्मचारीलाई पुरस्कृत हुनेछ। राम्रोका लागि प्रतिस्पर्धा गर्ने वातावरण बनाउन सरकार गम्भीर छ।'

प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जानू सरकारको संकल्प रहेको भन्दै संविधान कार्यान्वयन नभएर देश राजनीतिक र संवैधानिक संकट अाउन नदिन सरकार संवेदनशील रहेको बताए।

अाजको युग विकासका लागि प्रतिस्पर्धाको युग भएको भन्दै नेपालमा पनि विकास र समृद्धिमा प्रतिस्पर्धा गर्नु अनिवार्य भएकोमा प्रधानमन्त्रीले जाेड दिए।

कार्यक्रममा नेपाल सरकारका निमित्त मुख्य सचिव टंकमणि पौडेलले जनसेवालाई केन्द्रमा राखेर काम गर्न र विकास खर्चको सामर्थ्य बढाउने गरि काम गर्न निर्देशन दिए।

कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयम रायले जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए।

,

प्रतिकृया दिनुहोस्

Loading...