सानिमा माई हाइड्रोपावरको मुनाफा १७ करोड


  • काठमाडौं, २९ कातिक । 
सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड (SHPC)ले पहिलो त्रैमासमा मुनाफा १७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिमा ९ करोड ७९ लाख रुपैयाँ नोक्सान रहेको थियो ।

१ अर्ब ५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सानिमाले ७० लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको चालु सम्पत्ति ३६ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जम्मा आम्दानी ६ गुणाले बढेर ३० करोड ५ लाख रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी १६ दशमलव १५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १७ रुपैयाँ रहेको छ । कम्पनीको बजार शेयर मुल्य ९ सय २८ रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...