२ सय प्लाष्टिक उद्योग बन्द ४ हजार बेरोजगार

- काठमाडौं, २९ कात्तिक ।
वातावरणमा हानि पु¥याउने प्लाष्टिक उत्पादनमा सरकारले रोक लगाएपछि करीब २ सय प्लाष्टिक उद्योग बन्द भएका छन् ।
सरकारले वातावरण संरक्षण ऐन, २०५३ को दफा ७ को अधिकार प्रयोग गरी २०७२ वैशाख १ गतेदेखि उपत्यकालगायत क्षेत्रमा प्लाष्टिक उत्पादक संघका अध्यक्ष शरद शर्माले २ सय उद्योग बन्द भएपछि हाल नेपालमा १ सय ५० को हाराहारीमा मात्रै प्लाष्टिक उद्योग सञ्चालनमा रहेको बताए ।
प्लाष्टिक उद्योगीहरुले सरकारले मापदण्ड निर्देशिकाको कार्यान्वयनमा भन्दा पनि उद्योग बन्द गर्नुमा बढी जोड दिएको बताएका छन् ।
नेपाल प्लाष्टिक उत्पादन संघका अध्यक्ष शरद शर्माले सरकारी कदमले उद्योगीहरुले ठूलो हानि बेहोर्नु परेको बताए ।
उनले भने, ‘उद्योग बन्द भएलगत्तै उद्योगीहरुले व्यवसाय गर्न लिएको बैंक ऋण भुक्तानी गर्न नसकी ठूलो नोक्सानी बेहोर्नु परिरहेको अवस्था छ ।’
सरकारको निर्णयबाट स्वदेशी लगानी खस्कँदो अवस्थामा पुगेको छ भने नेपाल विदेशी उत्पादनको बजारमा सीमित हुने अवस्था देखिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
