'गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएर घर गए हुन्छ !'

  • काठमाडौं, १२ मंसिर ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका छन् ।

आइतबार राजधानीको एक कार्यक्रममा बोल्दै रावलले कांग्रेस नेता निधिले एमालेलाई महेन्द्र पथमा हिँडेको भन्ने आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरे  ।

राववले भने, ‘जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाइसकेको हो, अब लेण्डुप पथमा नगई हुँदै हुँदैन भन्ने हो भने पद छोडेर घरतिर गए हुन्छ ।’

उनले थपे ‘महेन्द्रले चालेको कदमको एमालेले सशक्त विरोध गरेको थियो, यस्तो हाँस्यास्पद कुरा गर्न लाज लाग्दैन ?’

संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको दावीसमेत गरे । संविधान संशोधनको खाका भारतमा बनेको भन्दै उनले देश र जनताको अहित हुने गरी संशोधन हुन एमालेले नदिने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई चुनाब गरेर देखाउन चुनौति पनि दिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...