सुन निकाल्ने पनि एटिएम ! थाहा पाउनुहोस् है

हामीमध्ये धेरै जना एटिएम(अटोमेटिक टेलर मेसिन) चलाउन अभ्यस्त छौं । विश्वव्यापी रुपमै मानिसहरु कार्ड घुसारेर पैसा निकाल्न बानि परेका छन् । 

तर, के तपाईंलाई थाहा छ एटिएमको पिन नम्बर सँधै चार अक्षरको किन हुन्छ ? एटिएमबाट सबैभन्दा बेसी पैसा के बार निकालिन्छ होला ? एटिएमको विषयमा यी र यस्तै रोचक जानकारीहरु हामी यस सामग्रीमा पस्किदैछौ ।

हामीमध्ये धेरै जना एटिएम(अटोमेटिक टेलर मेसिन) चलाउन अभ्यस्त छौं । विश्वव्यापी रुपमै मानिसहरु कार्ड घुसारेर पैसा निकाल्न बानि परेका छन् । 

के तपाईंलाई थाहा छ एटिएमको पिन नम्बर सँधै चार अक्षरको किन हुन्छ ? एटिएमबाट सबैभन्दा बेसी पैसा के बार निकालिन्छ होला ? एटिएमको विषयमा यी र यस्तै रोचक जानकारीहरु हामी यस सामग्रीमा पस्किदैछौ ।

चार अंकको पिन नम्बर

यसको पछाडि रोचक कारण छ । एटिएमका आविष्कारक सेफर्ड ब्यारोनले सन् १९६० को दशकमा ६ अंकको पिन नम्बर बनाएका थिए । पछि उनले यसबारे आफ्नी श्रीमती क्यारोलिनसँग छलफल गरे । तर क्यारोलिनले चार अंकमात्र सम्झिन सकिन् । त्यसपछि उनले चारै अंकको पिन नम्बर बनाए जुन अहिलेसम्म प्रचलनमा छ । त्यसो त स्वीट्जरल्याण्ड र अन्य थुप्रै राष्ट्रमा ६ अंकको पिन नम्बर हान्नुपर्छ ।

सुन निकाल्ने एटिएम

एटिएमले नगद मात्रै निकाल्दैन सुन पनि निकाल्छ । सबैभन्दा पहिले आवुधाविको इमरेट्स प्यालेसको लविमा सुन निकाल्ने मेसिन राखिएको थियो । यसले ३२० प्रकारका सुनको वस्तुहरु निकाल्थ्यो । स्वीट्जरल्याण्ड, अष्ट्रिया, जर्मनी र ब्रिटेनमा सपिङ मल तथा एयरपोर्टहरुमा सुन निकाल्ने एटिएम राखिएको छ ।

एटिएम मेसिन चोरी भयो भने ?

एटिएमबाट पैसा मात्रै चोरी हुँदैन, कसैले एटिएम मेसिन नै चोरिदिन सक्छ । तर, चोरी गरेर उम्किने सम्भावना भने कम हुन्छ । एटिएममा एउटा चिप जान गरिएको हुन्छ र जिपिएस पनि हुन्छ । लुटिएको एटिएम पत्ता लगाउन धेरै सजिलो छ ।

सबैभन्दा धेरै पैसा निकालिने दिन ?

शनिबार वा आइतबार होइन, एटिएमबाट सबैभन्दा बेसी पैसा शुक्रबार निकालिन्छ । सायद विकेन्ड पार्टीको लागि ?

बैंक एकाउन्ट बिनै एटिएम !

हो यो सम्भव छ । रोमानियामा एटिएम कारोबार गर्न बैंक एकाउन्ट हुनु आवश्यक पर्दैन । त्यहाँका ८४ प्रतिशत मानिसहरुको बैंक एकाउन्ट छैन ।

अग्लो ठाउँमा एटिएम
विश्वमै सबैभन्दा अग्लो स्थानको एटिएम काउन्टर भारतको नथुलामा रहेको छ । युनियन बैंक अफ इन्डियाले सञ्चालन गरेको यो एटिएम १४ हजार ३ सय फिट उचाईमा रहेको छ । सुरुमा सिमा क्षेत्रमा कार्यरत सैनिकहरुका लागि राखिएको यो एटिएम हाल पर्यटकहरुले पनि प्रयोग गर्छन् ।

विश्वको एक्लो एटिएम

संसारमै एक्लो एटिएम अन्टार्कटिकामा छ । त्यहाँ रहेको यूएस रिसर्च सेन्टर म्याकमुर्दो स्टेसनमा दुईवटा एटिएम छन् । तर एउटाले ब्याकअपका रुपमा काम गर्छ भने एकपटकमा एउटा एटिएमले मात्रै पैसा निकाल्छ ।

एटिएमबाट दान

भारतका थुप्रै मन्दिरहरुमा ठूला बैंकहरुले एटिएम मेसिन राखेका छन् जहाँबाट धार्मिक आस्थाका दान तथा भेटीहरु दिन सकिन्छ । एटीएमबाट पैसा निकाल्नेमात्र हैन, क्यास जम्मा गर्ने र चेक जम्मा गर्ने काम पनि हुन्छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...