गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक, १४ मङ्सिर ।

स्कारपियोको ठक्करबाट झापाको शिवसतासी नगरपालिका–५ मा गएराति एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापा धरमपुर–९ बस्ने अन्दाजी ६२ वर्षीय इन्द्रबहादुर कोइराला रहेका छन् ।

कोइरालालाई साँझ ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ४००१ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि लाइफलाइन अस्पताल, दमक पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपियोका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

यसैगरी, झापाको शनिअर्जुन नगरपालिका–४ भित्री सडक खण्डमा सोमबार साँझ ६ बजेतिर मे ३ प ३४२५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा साइकलमा सवार स्थानीय १३ वर्षीया भावना विश्वकर्मा र मोटरसाइकल चालक सोही ठाउँ बस्ने मधु गिरी घाइते भएका छन् । 

घाइते दुवै जनाको विर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...