छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

राजविराज, १५ मङ्सिर । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा मङ्गलबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५३१२ नम्बरको बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी अन्दाजी ७० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सप्तरीको बनरझुलामा बालुवा लोड गरेको स १ त ३८३६ नम्बरको ट्याक्टरमा मंगलबार मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ५६१९ नम्बरको मोटरसाइकलले आफैँ अनियन्त्रित भई ट्याक्टरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी कल्याणपुर–३ बस्ने २६ वर्षीय जगदेब सहनीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा हिजै मुत्यु भएको प्रहरीले बताएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...