संविधान संशोधन गर्ने कुरा अर्थहीन : झलनाथ खनाल

बारा,१५ मंसिर । 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताएका छन् ।

प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले राष्ट्रिय सहमतिका लागि संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको बताए ।

वरिष्ठ नेता खनालल संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदैं एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने बताए ।

संविधान संशोधनमा सत्तारुढ दलले पुर्नविचार गर्नुपर्ने बताउँदै खनालले भने एमालेसँग सहमति गरी अघि बढ्नुको विकल्प छैन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...