४ हजार ७ सयबढी कर्मचारीलाई अख्तियारले कारवाही गर्ने


काठमाडौं, ८ मंसिर । 

चालु आर्थिक बर्षमा ४ हजार ७ सय ४ जना कर्मचारीले आफ्नो बाषिर्क सम्पत्ति विवरण नबुझाएको निजामति किताबखानाले जनाएको छ ।

सार्वजनिक पद धारण गरेका प्रत्येक निजामति कर्मचारीले पनि भ्रष्टाचार निवारण ऐनसँगै निजामति सेवा ऐन अनुसार हरेक आर्थिक बर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्छ ।

करिब ८० हजार कर्मचारी रहेको निजामति सेवाका ७८ हजार ९८ जनाले मात्र सम्पत्ति विवरण पेश गरेको किताबखानाले जनाएको छ । किताबखानाले सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीको विवरण सतर्कता केन्द्रमा पठाएको छ ।

सर्तकता केन्द्रले मंसिर मसान्तभित्र प्रतिवेदन तयार गरी विवरण पेश नगर्ने अधिकारीहरुको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने सर्तकता केन्द्रले जनाएको छ ।

सर्तकता केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाही गर्न अख्तियारमा सिफारिस गर्छ र अख्तियारले नै उनीहरुमाथि कारवाही गर्नेछ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...