बालुवाटारमा प्रकाशले मधेसी नेताहरुलाई यसरि झपारे !


  • काठमाडौं, ८ मंसिर ।

संविधान संशोधनका लागि सरकारलाई लगातार दबाव दिँदै आएको मधेसी मोर्चाका नेताहरुले बुधबार बालुवाटारमा कडा प्रश्नको सामना गर्नु परेको छ ।

संविधान संशोधनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री प्रचण्डलेे मधेसी मोर्चा र संघीय गठवन्धनका नेताहरुलाई बालुवाटार बोलाए मधेसी मोर्चाका नेताहरु छिटो संशोधन दर्ता गर्न दबाव दिने मूड बनाएर बैठकमा पुगेका थिए ।

तर, बालुवाटारमा प्रचण्डसँगै रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' मधेसी नेताहरुलाई कडा प्रश्न गरेका छन ।

प्रकाशले बैठकमा सरकारको प्रस्ताव थाहा भइसकेको भन्दै संविधान संशोधन प्रस्तावलाई समर्थन गरेर चुनावमा जाने या  नजाने भनेर मोर्चाका नेताहरुलाई झपारे । ‘हेराैंला, हेरौंला भनेर मात्रै हुदैन',उनले बैठकमा प्रश्न गरे- अहिले नै क्लियर गर्नुपर्छ । संशोधनको समर्थन गर्ने वा विरोध गर्दै भए पनि चुनावमा जाने कि नजाने ?'

त्यसपछि प्रधानमन्त्री प्रचण्डले प्रकाशको भनाइलाई  समर्थन गर्दै त्यही प्रश्न दोहोर्‍याएका थिए । प्रचण्डले त्यसको थप ब्याख्या गर्दै एमालेले समर्थन गर्दिनँ भनेको र मधेसी मोर्चाले पनि नमान्ने अवस्थामा किन संशोधन गर्दा गरुँ भनेर प्रश्न गरेका थिए ।

यता प्रधानमन्त्री प्रचण्ड र माओवादी नेता प्रकाशको झपारोपछि मधेसी मोर्चाका नेताहरु भने अक्क न बक्क भए र  चुपचाप बसे । उनीहरुले चुनावबारे केही नबोलेपनि अन्य केहि नेताहरुले भने संविधान संशोधन दर्ता गरेपछि सहमति खोज्ने जिकिर गरे।

तर,प्रकशले मागेजस्तो संशोधनमा सहमति जनाउने र चुनावमा जाने प्रतिवद्धता भने मधेसी मोर्चाका नेताहरुले जनाएनन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...